अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४९ | Colorodo: 15:04

तेस्रो दक्षिण एसियाली योग खेलकुद बिहीबारबाट सुरु

बिआरटीनेपाल २०८० जेठ २४ गते ७:२२ मा प्रकाशित

तेस्रो दक्षिण एसियाली योग तथा खेलकुद प्रतियोगिता बिहीबारबाट सुरु हुँदैछ । नेपाल योग खेलकुद संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी तीन दिनसम्म चल्ने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।आगामी बिहीबारबाट शनिवारसम्म चल्ने उक्त प्रतियोगितामा दक्षिण एसियाली देशहरुबाट ३ सय जना योग खेलाडी सहभागी हुने जनाइएको छ । नेपाल भारत मैत्री पशुपति धर्मशाला तिलगंगामा सञ्चालन हुने प्रतियोगितामा दक्षिण एसियाली राष्ट्रबाट ८ वर्षदेखि ५० वर्षसम्मका खेलाडीहरुको सहभागिता रहने छ ।

योग खेलाडीहरुलाई ६ वटा उमेर समूहमा वर्गीकरण गरिएको छ । प्रतियोगिता अन्र्तगत नै माउण्टेन एभरेष्ट योगा च्याम्पियनसिपमा भने पाँचै महादेशका योग खेलाडीहरु सहभागी हुने आयोजक नेपाल योग खेलकुद संघले जनाएको छ । राष्ट्रिय खेलकुद परिसरले विंस.२०७३ साल चेत्र २३ गते नेपाल योग संघलाई मान्यता दिएको थियो । राखेपमा दर्ता भएपछि २०७४ सालमा पहिलो पटक योग खेलुकद प्रतियोगिता सम्पन्न भएको थियो । दोस्रो प्रतियोगिता २०७६ सालमा पोखरामा सम्पन्न भएको थियो ।उक्त प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी २ सय जना खेलाडी सहभागी थिए ।

प्रतिक्रिया