अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०४ | Colorodo: 09:19

एमालेले ७० वर्षे उमेरहद हटाउँदै

बिआरटीनेपाल २०८० जेठ २३ गते ८:३५ मा प्रकाशित

नेकपा ९एमाले०ले ७० वर्षे उमेरहद हटाउने भएको छ । नेकपा एकीकृत समाजवादीबाट फर्किएका नेता मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्य बनाउन विधानमा भएको प्रावधानमा बाधा फुकाइएको हो ।गएको शुक्रबार बसेको सचिवालय बैठकले ७० वर्ष नाघेका न्यौपानेलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको थियो ।

एमालेको विधानमा कुनै पनि कमिटीको पदाधिकारी हुन ७० वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । सो व्यवस्थालाई विधान महाधिवेशनमा लगेर हटाउने गरी अहिलेलाई बाधा अड्चन फुकाउ गरिएको एक पदाधिकारीले जानकारी दिएका छन् । “सचिवालय बैठकमा मुकुन्द न्यौपानेको हकमा उठेको हो । उहाँ ७० वर्ष नाघ्नुभएको छ । उहाँलाई एकता प्रक्रियाबाट ल्यायौँ । कमिटीमा राख्नुपर्ने भएकाले बाधा अड्काउ फुकाउ गरिएको हो,” ती पदाधिकारीले भनेका छन् ,“ यसलाई विधानमा महाधिवेशनमा लैजाने निर्णय भएको छ ।

नवौँ महाधिवेशनपछि एमालेमा ७० वर्षे उमेर हद राखिएको थियो । ७० वर्षे उमेरहद हटाए एमाले प्रवेश गर्ने नेकपा ९एकता राष्ट्रिय एकता अभियान०का संयोजक वामदेव गौतमले पनि बताउँदै आउनुभएको छ । ७० वर्षे प्रावधान नहटाउँदा अर्कोपटकको महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित अरू नेतालाई अप्ठ्यारो पर्छ ।‍

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू