अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:११ | Colorodo: 12:26

भारतकाे मणिपुरमा फेरि हिंसा भड्कियाे, ३ जनाकाे ज्यान गयाे

बिआरटीनेपाल २०८० जेठ २३ गते ८:११ मा प्रकाशित

भारतकाे मणिपुर राज्यकाे पश्चिमी इम्फाल जिल्लाकाे कांगचुप क्षेत्रमा साेमवार फेरि हिंसा भड्किएकाे छ ।दुई वटा सशस्त्र समूहकाे बीचमा भएकाे गाेलीबारीमा तीन जनाकाे ज्यान गएकाे र अन्य चार जना घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार इम्फालकाे अस्पतालमा उपचार भइरहेकाे छ ।मणिपुरमा भएकाे हिंसाकाे छानबिनका लागि केन्द्र सरकराले गुवाहाटी उच्च अदालतका पूर्वमुख्यन्यायाधीश अजय लाम्बाकाे अध्यक्षतामा आइतवार एक आयाेग गठन गरेकाे छ ।

मणिपुरमा मेइती समुदायले अनुसूचित जनजातिको दर्जा दिनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका थिए । मेइतीको मागमा त्यहाँका जनजातिहरू नागा र कुकीले विरोध गरेपछि जातीय द्वन्द्व चर्किएको हो ।मणिपुरमा मेइतीको जनसङ्ख्या ५४ प्रतिशत छ । उनीहरू धेरैजसो इम्फाल उपत्यकामा बस्छन् । ४० प्रतिशत जनसङ्ख्या ओगट्ने नागा र कुकी प्राय पहाडी जिल्लाहरूमा बस्छन् । दुई समुदायका बीचमा सरकारले वैमनस्ता बढाइदिएको उनीहरूको आरोप छ । झडपबाट कुकी समुदायलाई बढी क्षति पुगेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गएकाे मे ३ मा जातीय हिंसा सुरु भएयता मणिपुरमा झडपकाे घटना भइरहेकाे छ । झडपमा ज्यान गुमाउनेकाे सङ्ख्या ८० भन्दा धेरै रहेकाे अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू