अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४५ | Colorodo: 02:00

सरकार राष्ट्रहित र समृद्धिमा चुक्यो : ओली

बिआरटीनेपाल २०८० जेठ २३ गते ७:५७ मा प्रकाशित

पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले बजेटले आम रूपमा नेपाल र नेपालीको प्रतिनिधित्व गर्न नसकेको बताउनुभएको छ ।नेकपा एमालेका अध्यक्ष ओलीले प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारले अघि सारेको आगामी वर्षको बजेटमाथि टिप्पणी गर्दै जेटलाई नेपाल राष्ट्रको हित, विकास निर्माण र समृद्धि, रोडम्याप प्रस्ताव गर्न बजेट चुकेको बताउनुभएको हो । अध्यक्ष ओलीले वर्तमान सरकार नेपाललाई विकशित देशको रुपमा रुपान्तरण गर्न नसक्ने बजेट ल्याएको सरकारले अर्थतन्त्र विकासको नेतृत्व गर्न नसक्ने बताउनुभयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्धता, नेपालको समृद्धिका साथै देशको हितविपरीत आएको बजेटलाई स्वीकार गर्न नसकिने जिकिर गर्नुभयो । बजेट संसदबाट अंकगणितले पास भए पनि व्यवहारिक रुपमा काम गर्न नसक्ने उहाँको टिप्पणी छ ।

अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रममाथि प्रतिपक्षी दलले दिएको सुझावलाई बेवास्ता गरिएको भन्दै बजेटले लिएको लक्ष्य पूरा नहुने दाबी गर्नुभयो । उहाँले पूँजीगत खर्च घटाउनु युवाहरुको अपेक्षालाई पूरा गर्न नसक्नु मात्रै भएको बताउँदै घट्दो पूँजीगत खर्चबाट मुलुकको आर्थिक विकासको लक्ष्य समेत पूरा हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता नदिएको तर गाँजा खेतीलाई दिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । बजेटमा धान फलाउने, गहुँ फलाउने, खाद्यन्नमा आत्मनिर्भरता बनाउने विषय नरहेको अध्यक्ष ओलीले टिप्पणी गर्नुभयो । उहाँले रोजगारीको अवसर सिर्जना गर्ने, आन्तरिक र बाह्य लगानीलाई आकर्षित गर्ने, बढ्दो मूल्य नियन्त्रण गर्ने, नेपाली अर्थतन्त्रलाई प्रभावकारी बनाउने लक्ष्य बजेटले लिन नसकेको धारणा व्यक्त गरेका गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू