अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५६ | Colorodo: 22:11

अमेरिकी राष्ट्रपति पदका लागि माइक पेन्सको उम्मेदवारी

बिआरटीनेपाल २०८० जेठ २३ गते ७:४२ मा प्रकाशित

अमेरिकामा अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनका लागि रिपब्लीकन पार्टीबाट माइक पेन्सले उम्मेदवारी घोषणा गर्नुभएको छ ।प्राइमेरीका लागि मनोनयन दौड सुरु भएसँगै रिपब्लीकन पार्टीका शक्तिशाली नेताहरुले एकपछि अर्को दावेदारी पेस गर्न थालेका हुन् ।डोनल्ड ट्रम्पको कार्यकालका उपराष्ट्रपति पेन्सले पनि रिपब्लिकनबाट उम्मेदवार बन्नका लागि पार्टीमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

ट्रम्पका कट्टर समर्थका रुपमा रहेका पेन्सको उम्मेदवारी अरु उम्मेदवार भन्दा थप चुनौतीपूर्ण हुने विश्लेषण गरिएको छ ।यसैगरि, न्यु जर्सीका पूर्व गभर्नर क्रिस क्रिस्टीले पनि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । सिनेटर रोन डिस्यान्टी, टिम स्कट, निक्की हेली, विवेक रामास्वामी, ल्यारी एल्डर लगायतले यस अघि नै उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । सन् २०२४ को नोभेम्बरमा हुने चुनावमा डेमोक्र्याट पार्टीबाट राष्ट्रपति जो बाइडेन नै उम्मेदवार बन्ने प्रबल संभावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू