अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०० | Colorodo: 23:15

बजेट बनाउँदा इमान्दारिताभन्दा बाहिर नगएको अर्थमन्त्री महतको दाबी

बिआरटीनेपाल २०८० जेठ २३ गते ७:२७ मा प्रकाशित

अर्थमन्त्री डा.प्रकाशशरण महतले इमान्दार भएर काम गर्दा कठिन भएको बताउनुभएको छ ।मंगलवार बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा प्रतिनिधि सभामा जवाफ दिँदै यस्तो बताउनुभएको छ । उहाँले अर्थमन्त्री भएर अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि इमान्दार भएर काम गरेको बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षको बजेट बनाउन आफूले कुनैपनि प्रभावबाट मुक्त भएर पारदर्शी ढंगबाट काम गरेको दाबी गर्नुभयो । उहाँले अर्थ मन्त्रालयका कर्मचारीकै रुपमा रामकृष्ण श्रेष्ठलाई करका दर टाइप गर्न दिएको बताउनु भयो । अर्थमन्त्रीले श्रेष्ठले ३० वर्षदेखि यही काम गर्दै आएको बताउनु भयो ।

श्रेष्ठको विज्ञताको कारण अघिल्लो अर्थमन्त्रीले मन्त्रालयमा नियुक्त गरेको देखिएको बताउनु भयो । उहाँले मेरो इमान्दारितामा एक इन्च रौँ नहल्लेको स्पष्ट पार्नुभयो । उहाँले इमान्दारिता कायम राखेकाले स्वास्र्थ समूहहरु निजी स्वार्थ भएकाहरु पछि लागेको बताउनु भयो । उहाँले अनधिकृत व्यक्ति छिराएर करका दर हेरफेर गर्न पर्‍यो भन्ने भाष्य बनाएर नियोजित रुपमा गर्दा त्यो नै सत्य हुने ? भन्दै प्रश्न गर्नुभयो । उहाँले जिम्मेवारीमा बसेकाहरु सबै असत्य,झुटा र असत्य काम गर्न बसेको भन्नेकुरा हुन नसक्ने बताउनु भयो । उहाँले कसैले लेखिदियो त्यो चाहीँ सत्यमाथि सत्य भयो भन्ने तर्क गर्नुभयो ।

उहाँले जिम्मेवारी लिएर कसम खाएर संसदको रोष्टममा उभिएर जवाफ दिएको भन्दै आफ्नो इमान्दारितामाथि शंका नगर्न आग्रह गर्नुभयो ।त्यस्तै,अर्थमन्त्री डा.महतले करको दर हेरफेरबारे आफूहरुले नै निर्णय गरेको बताउनु भयो। उहाँले निर्णय भएको इन्ट्री गर्न भने पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई सहयोगीका रुपमा लिएको स्वीकार गर्नुभयो । उहाँले करको दर हेरफेरबारे आफू सहितका आधिकारिक व्यक्तिहरुले निर्णय गरेको दाबी गर्नुभयो । उहाँले निर्णय गरिसकेपछि निर्णय प्रक्रियामा बसेका पदाधिकारीको उपस्थिति र निर्देशनमा इन्टर गर्ने काम मात्र भएको बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू