अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३९ | Colorodo: 13:54

पोल्याण्डमा बढ्दो महंगी, बेरोजगारी र मनपरी कानुन संशोधनको विरोधमा प्रदर्शन

बिआरटीनेपाल २०८० जेठ २२ गते ६:५९ मा प्रकाशित

पोल्याण्डमा सरकारविरुद्ध बढ्दो महंगी, बेरोजगारी र मनपरी कानुन संशोधनको विरोधमा ३५ वर्ष यताकै भव्य प्रदर्शन भएको छ ।देशको मुद्रास्फीति, जीवनयापनको लागत, महिलाहरुको अधिकार सुनिश्चितिता लगायतको माग गर्दै पोल्याण्डको राजधानी बार्सा लगाएत अन्य शहरहरुमा लाखौंले प्रदर्शन गरेका हुन् ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार वार्सामो भएको प्रदर्शनमा झण्डै पाँच लाख मानिस सहभागि भएको जनाइएको छ । यो प्रदर्शनलाई सन् १९८९ मा कम्युनिष्ट शाषन पतन भएयता पोल्याण्डमा भएको अहिलेसम्मकै विशाल प्रदर्शन भनिएको छ ।

सत्तारुढ ‘ल एण्ड जस्टीस’ पार्टी विरुद्धको यो प्रदर्शनमा पूर्व राष्ट्रपति लेक वालेसा, पूर्व प्रधानमन्त्री डोनाल्ड टस्कलगायतको सहभागिता थियो । सत्तारुढ दलले भने यो प्रदर्शनलाई ‘घृणाको र्याली’ भनेको छ ।प्रदर्शनकारीहरुले देशमा हालै लागु गरिएको नयाँ कानुनको विरोध गरेका छन् । उक्त कानुनमा पोल्याण्डको राजनीतिमा रुसी प्रभाव र हस्तक्षेप छानविन गर्नसक्ने एउटा स्वतन्त्र आयोग बनाउने र शंकास्पद व्यक्तीहरुलाई सार्वजनिक पद धारण गर्न १० वर्षसम्म प्रतिबन्ध लगाउनसक्ने प्रावधान राखिएको छ । युरोपेली युनियन र अमेरिकाले पनि यो कानुनको विरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू