अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४६ | Colorodo: 19:01

हेइटीमा बाढीका कारण १५ जनाको मृत्यु, एक दर्जन वेपत्ता

बिआरटीनेपाल २०८० जेठ २२ गते ६:५६ मा प्रकाशित

हेइटीमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ भने करीब एक दर्जन वेपत्ता भएका छन् ।सयौं घरहरुमा बाढी पसेका कारण साढे १३ हजार बढी मानिसलाई अन्यत्र सारिएको त्यहाँको नागरिक सुरक्षा कम्पनीले जनाएको छ ।

सबै सडकहरु जलमग्न भएका छन् भने खानेपानी आपूर्ति समेत रोकिएको छ ।भारी वर्षाले खेतीबाली नष्ट भएकाले आगामी वर्ष भोकमरी लाग्ने संभावना औंल्याइएको छ । त्यहाँका मौसमविद्हरुले पानी पर्ने क्रम आजसम्म मात्रै जारी रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू