अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

पुलिसले मच्छिन्द्रलाई हराउँदा चर्च ब्वाइजलाई फाइदा, उपाधि जित्न एक जित पर्याप्त

बिआरटीनेपाल २०८० जेठ २१ गते ८:२४ मा प्रकाशित

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले मच्छिन्द्र फुटबल क्लबलाई हराएको छ । आज आइतवार ललितपुरको च्यासल मैदानमा भएको खेलमा पुलिसले मच्छिन्द्रलाई २–१ गोलले हरायो । पुलिसका मोसेस ग्याबाह त्वामले दुई गोल गरे । मच्छिन्द्रका आफिज ओलावालेले गोल गरे । याे जितसँगै पुलिस ३७ अङ्कसहित चौथौ स्थानमा पुगेको छ । मच्छिन्द्र ३९ अङ्कसहित दोस्रो स्थानमा छ ।

पुलिस क्लबको जितपछि शीर्ष स्थानको चर्च ब्वाइजलाई उपाधि जित्न सहज भएको छ । चर्च ब्वाइजले अब एक खेल जितेमा उपाधि जित्नेछ । आजै दशरथ रङ्गशालामा भएको खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले १–१ गोलको बराबरी खेलेका छन् । हिमालयन शेर्पाका लागि दिवस उराउ र एनआरटीका लागि दिपेश आलेमगरले गाेल गरे ।  एनआरटी ३० अङ्कसहित दशाैँ र हिमालयन शेर्पा ३१ अङ्कसहित सातौँ स्थानमा छ ।

यस्तै आजै एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा सङ्कटा क्लबले एफसी खुमलटारलाई ३–० गोलले हरायो । सङ्कटाका लागि निशान खड्का, आयुष घलान र चन्दनकुमार दासले गाेल गरे । पुछारमा रहेको खुमलटारलाई आजको हारपछि ‘रेलिगेशन जाेन’ बाट माथि उठ्न निकै गाह्रो देखिएको छ । सङ्कटा ३० अङ्कसहित ११ औँ स्थानमा छ । खुमलटारकाे २४ अङ्क छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू