अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४० | Colorodo: 03:55

चीन र अमेरिकाबीचको टकराव विश्वकै लागि असह्य हुने चिनियाँ रक्षामन्त्रीको भनाई

बिआरटीनेपाल २०८० जेठ २१ गते ८:१२ मा प्रकाशित

चिनियाँ रक्षामन्त्री लि साङफुले चीन र अमेरिकाबीचको टकराव सिंगो विश्वका लागि पीडादायी हुने बताउनु भएको छ ।एशियाका वरिष्ठ सुरक्षाविद्हरु संलग्न साङ्ग्रीला संवादमा बोल्दै रक्षामन्त्री लि ले चीन–अमेरिकाबीच हुने कुनै पनि टकरावले विश्वमै असह्य पीडा र आपत निम्त्याउने बताउनुभयो ।

चीन र अमेरिका विल्कुल फरक प्रणाली अँगालेका देश हुन र धेरै विषयमा फरक छन् भन्दै उहाँले यसकै कारण साझा विन्दु र सहयोगका क्षेत्रबाट यी दुई देशलाई अलग राख्नु हुदैन भन्नुभयो । एशियामा नाटो जस्तै सैन्य संगठन बनाउने चेष्टा नगर्न अमेरिकीलाई चेतावनी दिंदै उहाँले त्यसले एशियालाई द्वन्दको दलदलमा फसाउने ठोकुवा पनि गर्नुभयो ।

ताइवान, साउथ चाइना सी र हालै अमेरिकाले चिनियाँ चिप्समा लगाएको प्रतिबन्धलगायतका थुप्रै विषयमा चर्को मतभेद रहेको छ । जसका कारण बेला बेलामा यी दुई देशबीच तनाव उत्पन्न हुदै आएको छ । तर, प्रत्यक्ष टकराव भने अहिलेसम्म भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू