अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

कांग्रेस विधि र नियममा चल्न सकेन : प्रकाशमान सिंह

बिआरटीनेपाल २०८० जेठ २० गते ८:१० मा प्रकाशित

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको बताउनुभएको छ ।शनिबार नेपाली काँग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नियम र विधिबाट पार्टी सञ्चालन हुनुपर्ने भन्दै विधिसम्मत रुपमा पार्टी नचल्दा नै असन्तोष व्यक्त भइरहेको बताउनुभयो । उहाँले अबको समयमा पार्टीलाई विधिसम्मत रुपमा अघि बढाउने हो भने कांग्रेसले कुनैपनि पार्टीको चुनौतिलाई सहनु नपर्ने बताउनुभयो । सिंहले काँग्रेस पार्टी राम्रो विचारधारा भएको अन्य कुनै पार्टी नरहेको जिकिर गर्नुभयो । नेता सिंहले जननिर्वाचित प्रतिनिधि र संगठनका नेताहरुबीच समन्वय हुन आवश्यक देखिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू