अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५६ | Colorodo: 04:11

सेनेगलमा विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएको झडपमा ९ जनाको ज्यान गयो

बिआरटीनेपाल २०८० जेठ १९ गते ६:१२ मा प्रकाशित

सेनेगलमा विपक्षी नेतालाई अदालतले सजाय सुनाएपछि भएका झडपमा नौ जनाको ज्यान गएकाे छ ।अदालतले राष्ट्रपति म्याकी सालका प्रतिद्वन्द्वी उस्माने सोनकोलाई बिहीवार दुई वर्षको जेल सजाय सुनाएपछि देशका विभिन्न भागमा भएका झडपमा नौ जनाकाे ज्यान गएकाे गृहमन्त्रीले बताएका छन् ।अदालतको पछिल्लो निर्णयबाट सोनाकोलाई आउँदाे राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लाग्ने सम्भावना छ । बिहीवार अदालतको फैसला सार्वजनिक हुनेबित्तिकै सोनाकोका समर्थक र प्रहरीबीच झडप भएकाे थिए । यो घटनाले सेनेगललाई गहिरो रूपमा विभाजित गरेको, घातक हिंसा फैलाएको तथा स्थिर देशको छविलाई ध्वस्त पारेको छ ।

बिहीवारको फैसलापछि प्रहरी र प्रदर्शनकारीहरूबीच झडपमात्र भएन राजधानी डकार र जिगुइन्चोरमा बसहरूमा आगो लगाइयो, सार्वजनिक र निजी सम्पत्तिमा आक्रमण हुँदा नौ जनाको ज्यान गएकाे गृहमन्त्री एन्टोइन डिओमले राष्ट्रिय टेलिभिजनमा भन्नुभएको छ ।  बलात्कार अभियोगमा अदालतले साेनकाेलाई जेल सजाय सुनाएको हो । डकारको फौजदारी अदालतले फैसला सुनाएपछि सोनकोको पार्टीले नागरिकलाई सडकमा आउन आह्वान गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू