अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३० | Colorodo: 15:45

गोपी मैनाली र ठाकुर शर्माका समालोचना कृतिहरु लोकार्पित

बिआरटीनेपाल २०८० जेठ १८ गते १५:३४ मा प्रकाशित

काठमान्डौं । गोकर्णेश्वर नगरपालिका र सुरभि साहित्य प्रष्ठिान गोकर्णेश्वरद्वारा गोकर्णको त्रिवेणी हलमा आयोजित भव्य समारोहमा बरिष्ठ समालोचक श्री गोपी मैनालीको ‘रमेश विकल: समालोचनात्मक अन्वेषण’ र बरिष्ठ समालोचक श्री ठाकुर शर्मा भण्डारीको ‘हास्यव्यङ्ग्य महाराथी भैरव अर्याल’ कृतिहरु विमोचन गरियो ।

कृतिहरु विमोचन गर्दै नगरपालिकाका प्रमुख श्री दिपककुुमार रिसालले गोकर्णका दुई महान स्रष्टाहरूको विषयमा लेखिएको अन्वेषणात्मक पुस्तक प्रकाशन गर्न पाएकोमा गोकर्णेश्वर नगरपालिकाले ऐतिहासिक राष्ट्रिय लायित्व पूरा गरेको बताउनुभएको थियो । महान स्रष्टाहरु रमेश विकल र भैरव अर्यालको कृतिहरु नेपाली साहित्यका क्षेत्रमा चिनिएको विशिष्ट विद्वान गोपी मैनाली र ठाकुर शर्मा भण्डारीबाट गर्न पाउनु अर्को सौभाग्य हो ।

गोपी मैनालीको समालोचनात्मक अन्वेषणमाथि बरिष्ठ समालोचक तथा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय शिक्षण विभागका प्रमुख प्रा डा खगेन्द्रप्रसाद लुुइटेलले मैनालीको समालोचना निकै गहन र विशिष्ट रहेको उल्लेख गर्नु भएको थिया । मैनालीका यस अघिका समालोचना युुगकवि सिद्धिचरण विश्लेषण र अभिव्यञ्जना यात्राप्रतिले नै नेपाली साहित्य समालोचनामा विशिष्ट छाप छाडेकोमा रमेश विकल समालोचनात्मक अन्वेषणले समालोचित स्रष्टा र समालोचक स्रष्टा दुवैको प्रतिभाका सबै पक्ष स्ष्ट देखिएको उल्लेख गर्नुभयो । साथै रमेश विकलका कथा, उपन्यास, निवन्ध, नियात्रा, आत्मकथा, नाटक र बालसाहित्य सबैमा गहन विश्लेषण र मूल्याङ्कन भएको यस कृति नेपाली साहित्य अनुरागी सबैले एक पटक पढ्नै पर्ने समेत बताउनु भयो । यस कृतिले विकलको सम्पूर्ण सिर्जनाको न्यायपूर्ण समालोचना गर्दै नेपाली साहित्यमा विकलको स्थान समेत निर्धाण गरिएको निष्कर्ष पनकाल्नुभएको थियो । अर्का टिप्पणीकर्ता साहित्यकार पुरुषोत्तम सुवेदीले पनि गोपी मैनालीको समालोचना निकै गहन भएको कुरा उल्लेख गर्नु भएको थियो ।

ठाकुर शर्माद्वदारा लिखित समालोचनाका टिप्पणीमर्ता भागवत ढकालले भैरव अर्यालको सम्पूर्ण कृति तथा व्यक्तित्वको विश्लेषण गरिएकोमा शर्मालाई धन्यवाद दिदै अर्यालका विषयमा जान्न यही कृति काफि हुने बताउनुु भयो । अर्का टिप्पणीकर्ता बरिष्ठ साहित्यकार नरनाथ लुुइटेलले पनि ठाकुर शर्माको लेखन शैलीको प्रशंसा गर्नु भयो ।

बरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेले बरिष्ठ समालोचक मैनालीलाई व्यवस्थापनका क्षेत्रमा जस्तै साहित्यका विधाहरुमा पनि अव्वल रहेको नेपाली साहित्यमा उहाँबाट अरु कृतिहरु आओस भन्ने शुुभकामना दिनुभयो । त्यस्तै बरिष्ठ समालोचक श्रीशर्मा नेपाली साहित्यमा अनवरत लागि रहेको र उहाबाट पनि थप समालोचनात्मक कृति आओस भन्ने शुुभकामना दिनु भयो ।

रमेश विकल: समालोचनात्मक अन्वेषणका सर्जक बरिष्ठ समालोचक गोपी मैनालीले धेरैजसो समालोचकहरुले विकलको कृतित्वमाथि उचित मूल्याङ्कन नगरेको कुरा उल्लेख गर्दै महान स्रष्टामाथि समालोचकीय न्याय गर्न आफू लामो समयदेखि लागि परेको बताउनुभयो । विकलबाट लेखिएका ५५ कृतिहरु, उनका समकालीनहरुका कृतिहरु र उनका विषयमा लेखिएका कृतिहरुका साथ पश्चात्य र पूर्वीय साहित्य सिद्धान्तहरु अध्ययन र विश्लेषण गर्न लामो समय लागेको समेत बताउदै सुरभि साहित्य प्रतिष्ठान र गोकर्णेश्वर नगरपालिकाले आफूलाई यति महान कामका लागि जिम्मेवारी दिएकोमा खुसी भएको ुसमेत उल्लेख गर्नु भयो । हास्यव्यङ्ग्य महारथी भैरव आर्याल कृतिका सर्जक ठाकुर शर्मा भण्डारीले पनि आफूले यस कृतिलाई अन्तिम रुप दिन लागातार १० महिना खटेको बताउनु भयो ।

कार्यक्रममा सुरभि साहित्य प्रतिष्ठानका संरक्षक एवम् बरिष्ठ समालोचक एवम् बरिष्ठ लघुकथाकार श्री युवराज मैनालीले दुुई महान सर्जकका विषयमा कृति प्रकाशनको सन्दर्भ उल्लेख गर्दै स्थानीय नगरपालिका र सुरभि साहित्य प्रतिष्ठानले प्रज्ञा प्रतिष्ठानले गर्न नसकेको काम गरेको नगरपालिकाको प्रशंसा गर्दै बरिष्ठ दुुई समालोचकबाट अव्वल कृतिहरु प्रकाशन भएकोमा खुसी व्यक्त गर्नुभयो । सरभिका अर्का संरक्षक गोविन्द घिमिरे वेदमणिले पनि दुुई बरिष्ठ समालोचकको कृतिको उच्च प्रशंसा गर्नुभयो ।

बरिष्ठ राहित्यकारहरु विजय चालिसे, लव गाउले, श्रीहरि फुुयाल, बिमल भौकाजी, महेश प्रसाई, लीला लुुइटेल, रामचन्द्र अर्याल, महेन्द्र चालिसे, वसन्त रिजाल, गोविन्द घिमिरे वेदमणि, डिल्लीराज अर्याल, परसुराम आर्याल लगायत दुुईसयभन्दा बढी साहित्यकार र साहित्यानुरागीले भाग लिएको कार्यक्रमको सभापतित्व सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष एवम् बरिष्ठ साहित्यकार श्री बाजुराम शर्माबाट र प्रतिष्ठानका सचिव श्री अच्युत घिमिरेबाट भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू