अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 05:39

भारत र चीनबीच तनाव गहिरिँदै : एक–अर्काका पत्रकारलाई भिसामा रोक

बिआरटीनेपाल २०८० जेठ १८ गते ६:०५ मा प्रकाशित

भारत र चीनबीच तनाव गहिरिँदै गएको छ । तनाव बढ्दै गएपछि दुवै देशले एक–अर्काका पत्रकारलाई भिसा दिन रोक लगाएका छन् ।अमेरिकी अखबार द वाल स्ट्रीट जर्नलमा प्रकाशित विवरण अनुसार दुवै देशका सरकारले एक–अर्काको देशमा पत्रकारको पहुँचलाई रोकेका हुन् ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले भारतमा रहेका चिनियाँ पत्रकारको सङ्ख्या १४ बाट घटेर एकमा आएको र लामो समयदेखि आफ्नो देशका सञ्चारकर्मीले विभेदको सामना गर्नुपरेको बताउनुभएको छ ।यसै महिना भारतले दुईजना चिनियाँ पत्रकारको भिसा नवीकरण गर्न अस्वीकार गरेको थियो । त्यसमा चिनियाँ समाचार संस्था सिन्ह्वा र चाइना सेन्ट्रल टेलिभिजनका एक/एक जना पत्रकार थिए ।

चीनले पनि भारतका दुई जना पत्रकारलाई प्रवेशाज्ञा नदिएको र अर्का एक जनालाई उनले प्राप्त गरेको अनुमति फिर्ता लिइएको बीबीसीले उल्लेख गरेको छ । सीमा विवादका कारण भारत र चीनबिच सन् २०२० यता तनाव छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू