अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३० | Colorodo: 16:45

कांग्रेस भित्रका सबै गुटहरुलाई भत्काउनुपर्छ : महामन्त्री थापा

बिआरटीनेपाल २०८० जेठ १८ गते ५:५९ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटहरुलाई भत्काउनुपर्ने बताउनुभएको छ ।बिहीवार नेपाल छापाखाना तथा सञ्चार सम्वद्ध श्रमिक संघको आयोजनामा काठमाडौंमा भएको ‘आजको राजनीतिक अवस्था र ट्रेड युनियन’ विषयक विचार गोष्ठिमा बोल्दै महामन्त्री थापाले कांग्रेस पुनर्निर्माणका निम्ति सबै गुटहरुलाई भत्काउनुपर्ने बताउनुभएको हो । उहाँले कांग्रेसलाई सुधार्नका लागि सबै गुटहरु भत्काउनु आवश्यक रहेको बताउनु भयो ।

उहाँले कांग्रेसभित्र अब परिवर्तन चाहने र परिवर्तन रोक्नेहरुबीच दुई गुट मात्रै बनाउनुपर्ने भन्दै विगतका जो कोही दाईहरुको साथ छोड्न आग्रह गर्नुभयो ।महामन्त्री थापाले नागरिकहरु कुशासन, भ्रष्टाचार र बेथितिका कुराहरुबाट आजित रहेको उल्लेख गर्दै कांग्रेसले यी तीन कुराहरुलाई हटाउँछ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले कांग्रेसले मानिसहरुलाई भविष्यप्रति आश्वस्त पार्न सकेमा मात्रै नयाँ मानिसहरु पार्टीमा आउने बताउनुभयो । उहाँले कांग्रेसको पुनःनिर्माण सम्भव भएको उल्लेख गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू