अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४९ | Colorodo: 02:04

भारतले गौतमबुद्ध विमानस्थलमा ‘आईएलएस’ सञ्चालनको अनुमति दियो

बिआरटीनेपाल २०८० जेठ १८ गते ५:१५ मा प्रकाशित

भारतले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणको सहायतामा जहाज अवतरण  अर्थात् इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम आईएलएस सञ्चालनको अनुमति दिएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा महेन्द्रनगर प्रवेश बिन्दुको हवाई रुटबारे सहमति नभए पनि गौतमबुद्ध विमानस्थलमा आईएलएस सञ्चालनका लागि भने भारतले सहमति दिएको हो ।

यसअघि भैरहवामा आईएलएस सञ्चालनको अनुमति नहुँदा कुहिरो लाग्दा वा अरु कुनै कारणले रन वे नदेखिँदा जहाज अवतरण हुन पाउँदैन थिए । जसका कारण विभिन्न देशबाट काठमाण्डौका लागि आएका जहाज काठमाण्डौमा अवतरण हुन नसकेमा भारत या अरु देशमा जानुपर्थ्याे । अब भने भारत हुँदै भैरहवा आउने जहाजले उपकरणकै सहायतामा अवतरण गर्नेछन् ।

यस्तै, सीमा क्षेत्रको भारतीय आकाशमा जहाज जाँदा पनि भारतको अनुमति लिइरहनु पर्नेछैन । आईएलएस सञ्चालनको अनुमतिसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण सहज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू