अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२१ | Colorodo: 16:36

चिनियाँ राष्ट्रपति सीद्वारा उच्च सुरक्षा अधिकारीलाई खराब अवस्थाका लागि तयार रहन निर्देशन

बिआरटीनेपाल २०८० जेठ १८ गते ४:४२ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी चिनफिङले देशका वरिष्ठ सुरक्षा अधिकारीहरुलाई खराब अवस्थाका लागि तयार रहन निर्देशन दिनुभएको छ ।सुरक्षा चुनौतीको आँधी आउनसक्ने भन्दै सीले खराब भन्दा खराब अवस्थाका लागि तयार रहन निर्देशन दिनुभएको हो ।

कस्तो खालको सुरक्षा चुनौती हो भन्ने नखुलाए पछि उहाँले आन्तरिक र बाह्य दुबैखाले चुनौतिका लागि तयार रहन भन्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ । राष्ट्रिय सुरक्षा आयोगलाई सम्बोधन गर्ने क्रममा सी ले “देशले राष्ट्रिय सुरक्षामा सामना गरिरहेको चुनौतिहरु जटिल बनेको बताउनु भएको छ ।

खराब भन्दा खराब अवस्थाका लागि तयार बनेर सुरक्षा चुनौतीको आँधीको सामना गर्नुपर्ने अवस्था आउनसक्ने उहाँले संकेत गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू