अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१७ | Colorodo: 10:32

एल सल्भाडोरका पूर्व राष्ट्रपतिलाई १४ वर्ष जेल सजाय

बिआरटीनेपाल २०८० जेठ १६ गते ५:०८ मा प्रकाशित

एल सल्भाडोरका पूर्व राष्ट्रपति माउरिसियो फ्युनेसलाई १४ वर्षको जेल सजाय सुनाइएकाे छ ।त्यहाँको एक अदालतले दुइ आपाराधिक समुह मारा साल्बात्रुचा र बारियोसँग अबैध सम्बन्ध र साँठगाँठ गरेको आरोपमा फ्युनेसलाई दोषी ठहर गर्दै १४ बर्षको जेल सजाय तोकेको हो ।एल सल्भाडोरमा सन् २००९ देखि सन् २०१४ सम्म राष्ट्रपति रहेका फ्युनेसले आपाराधिक समुहसँग सम्बन्ध राखेका कारण देशमा आतंककारी गतिबिधि बढ्नुका साथै उनीहरुसँग युद्धबिराम हुन नसकेको आरोप लगाइएको थियो ।

फ्युनेसले कैद सजाय भोगीरहेको आपाराधि समुहका ब्यक्तिहरुसँग समेत भेट गरी कैदको अवधि घटाएको आरोप समेत लागेको थियो । एल सल्भाडोरको सर्वोच्च अदालतले सन् २०१५ मा सो आपाराधिक समुहहरुलाई आतंकबादी संगठन भनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू