अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२६ | Colorodo: 14:41

आज पनि मुद्दा सुनुवाइ नभएपछि सन्दीपको दक्षिण अफ्रिका जाने योजना रोकियो

बिआरटीनेपाल २०८० जेठ १६ गते ४:५१ मा प्रकाशित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दामा मंगलबार पनि फाइनल चरणको बहस सुरु हुन सकेन। जाहेरी पक्षले अन्तरिम क्षतिपूर्तिको माग नटुंगिएसम्म फाइनल बहस नगर्नका लागि आग्रह गरेपछि आज पनि फाइनल बहस हुन नसकेको हो।जाहेरी पक्षले अन्तरिम क्षतिपूर्तिलाई प्राथमिकतामा राखेर पहिले निर्णय हुनुपर्ने माग अदालतसमक्ष गरेका थिए। न्यायाधीश शंकरबहादुर राईले पनि अन्तरिम क्षतिपूर्तिको विषयलाई टुंग्याएर फाइनल बहस गर्नु उपयुक्त हुने सुझाव दिएपछि आज पनि फाइनल चरणको बहस हुन नसकेको हो।

आज पनि मुद्दा लम्बिएसँगै सन्दीप लामिछाने अब टिमसँग दक्षिण अफ्रिका नजाने भएका छन्। नेपाली टिम आजराति दक्षिण अफ्रिका प्रस्थान गर्दैछ।सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले भन्नुभयो, ‘यो मुद्दालाई लम्ब्याउनका लागि अनेकन प्रयासहरु भइरहेका छन्। आज पनि फाइनलबहस हुन नसकेपछि टिमसँग सन्दीप दक्षिण अफ्रिका जाने कार्य रोकिएको छ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू