अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३९ | Colorodo: 06:54

मानवसहितको चिनियाँ अन्तरिक्ष यान चन्द्रमातर्फ प्रक्षेपण

बिआरटीनेपाल २०८० जेठ १६ गते ४:५८ मा प्रकाशित

 चीनले मानवसहितको पहिलो अन्तरिक्ष यान मंगलबार चन्द्रमातर्फ पठाएको छ ।मंगलबार बिहान स्थानीय समय अनुसार ९ बजेर ३१ मिनेट जाँदा सेञ्चौ–१६ नामक यान चन्द्रमातर्फ प्रक्षेपण गरिएको हो ।

गोपी मरुभूमिमा रहेको जिउछुवान भू–उपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको यानमा तीन जना रहेका छन् । चन्द्रमा मिसनका कमाण्डर चिङ हाइपङको नेतृत्वमा चु याङचौ र क्वे हाइछाओ चन्द्रमातर्फ गएका हुन् ।

चीनले सन् २०३० सम्ममा चन्द्रमामा अन्तरिक्ष यात्री पठाउन थाल्ने योजना बनाएको छ । चीनले चन्द्रमामा मानव बस्तीका लागि आधार निर्माण गर्ने योजना अघि सारेको छ ।

प्रतिक्रिया