अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 19:10

रेशम चौधरीविरुद्ध सर्वोच्चमा रिट दर्ता

बिआरटीनेपाल २०८० जेठ १६ गते ४:२२ मा प्रकाशित

नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारदा कठायत बोहोराले सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो ।

चौधरीलाई आममाफी दिने सरकारको निर्णय रोक्न गत आइतबार नै बोहोराले पेश गरेको रिट निवेदन सर्वोच्चले मंगलबार दर्ता गरेको हो । तर, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिइसक्नु भएको छ भने चौधरी गणतन्त्र दिवसको दिन जेल मुक्त भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू