अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०४ | Colorodo: 21:19

लेस्टर सिटी र लिड्स युनाइटेड इंग्लीश प्रिमियर लिगबाट रेलिगेशनमा

बिआरटीनेपाल २०८० जेठ १४ गते २२:१६ मा प्रकाशित

लेष्टर सिटी र लिड्स युनाइटेड इंग्लीश प्रिमियर लिग फुटबलबाट रेलीगेशनमा परेका छन् ।आइतबार राति सम्पन्न प्रिमियर लिगको यो सिजनका अन्तिम खेलहरुपछि लेष्टर सिटी र लिड्स युनाइटेड दोस्रो श्रेणीको लिग च्याम्पियनसिपमा झरेका हुन् ।सिजनको अन्तिम खेलमा वेष्ट ह्याम युनाइटेडलाई २–१ ले हराएपनि लेष्टर सिटी शिर्ष डिभिजनमा जोगिन सकेन । लिड्स युनाइटेड भने आफ्नो अन्तिम खेलमा टोटनह्याम हट्सपरसँग ४–१ ले पराजित भएको थियो ।

आइतबार राति बर्नमाउथलाई १–० ले हराएको एभर्टन भने प्रिमियर डिभजिनमै जोगिएको छ । यसपटक लिड्स र लेष्टरसँगै साउथह्याम्प्टन पनि रेलिगेशनमा परेको छ । आइतबार राति भएका अन्य खेलहरुमा च्याम्पियन म्यान्चेस्टर सिटीलाई ब्रेन्टफोर्डले १–० ले हराउँदा आर्सनलले वुल्भरह्याम्पटन वान्डरर्सलाई ५–० ले पराजित गर्‍यो । यसैगरि चेल्सी र न्युकासल युनाइटेडले १–१ गोलको बराबरी खेल्दा म्यान्चेस्टर युनाइटेडले फुल्हमलाई २–१ ले हरायो । लिभरपुलले भने साउथह्याम्प्टनसँग ४–४ गोलको बराबरी खेल्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू