अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 00:03

४४ वटा संस्थानमा सरकारको लगानी ६ खर्ब, १ वर्षमा ६ अर्ब रुपैयाँ नाफा

बिआरटीनेपाल २०८० जेठ १४ गते ६:०७ मा प्रकाशित

सरकारी स्वामित्वका संस्थानमा सरकारको लगानी ६ खर्ब रुपैयाँ नाघेको छ । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले प्रतिनिधि सभामा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार सरकारले ४४ वटा संस्थानमा छ खर्ब १८ अर्ब रुपैयाँ लगानी गरेको छ । ४४ वटा संस्थानमध्ये २५ वटा संस्थान नाफामा गएको पनि उहाँले जानकारी दिनुभयो ।तर ६ खर्ब रुपैयाँ लगानी र २५ वटा संस्थान नाफामा गए पनि एक वर्षमा सरकारलाई भने जम्मा १ दशमलव १६ प्रतिशत अर्थात् छ अर्ब १६ करोड रुपैयाँको हाराहारीमा मात्रै लाभांश प्राप्त भएको छ । संस्थानहरूको कुल सञ्चालन आय ३६ दशमलव दुई प्रतिशतले बढेर पाँच खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।

प्रभावकारी रूपमा सञ्चालन हुन नसकेका र सार्वजनिक क्षेत्रमा राख्न आवश्यक नभएका संस्थाको पहिचान गरी थप पुँजी प्रविधि र सक्षम व्यवस्थापनसहित निजी क्षेत्रबाट सञ्चालन हुन आवश्यक देखिएको अर्थमन्त्री महतले बताउनुभयो ।आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्रीले सन् २०२३ मा विश्वको अर्थतन्त्र नै समस्यमा परेकाले त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको बताउनुभयो । विश्व बजारमा पेट्रोलियम पदार्थ, खाद्यान्न तथा कच्चा पदार्थको मूल्यमा भएको वृद्धिका कारण पनि समस्या देखिएको उहाँले बताउनुभयो । बाह्य क्षेत्रमा सुधार भएर शोधनान्तर स्थिति बचतमा, विदेशी मुद्राको सञ्चिति बढेको, पर्यटन आवागमन बढेकोलगायत अर्थतन्त्रमा सकारात्मक सङ्केत पनि देखिन थालेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू