अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३४ | Colorodo: 23:49

जसपाको विधान अधिवेशन फेरि सर्‍यो, संशोधित विधान मस्यौदा पारित

बिआरटीनेपाल २०८० जेठ १४ गते ६:०५ मा प्रकाशित

जनता समाजवादी पार्टीको विधान अधिवेशन पुनः सरेको छ । आज बसेको कार्यकारिणी समितिको बैठकले असार ९ मा तोकिएको विधान अधिवेशनलाई १० गतेका लागि सारेको हो। सभा हलको व्यवस्थापन मिलाउनुपर्ने भएका कारण विधान अधिवेशन एक दिनका लागि सारिएको जसपाका प्रवक्ता मनिष सुमनले बताउनुभयो । सो पार्टीको विधान अधिवेशन तेस्रो पटक सरेको हो ।

आइतबारको बैठकले संशोधन विधान मस्यौदा पारित गर्दै त्यसलाई राजनीतिक समितिमा पठाएको छ । राजनीति समिति र केन्द्रीय समितिको बैठक असार ९ गते बस्ने जनाइएको छ । विधान मस्यौदालाई राजनीतिक र केन्द्रीय समितिबाट पारित गरी अधिवेशनमा लगिने जसपा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू