अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

भारत भ्रमणका विषयमा प्रधानमन्त्रीद्धारा पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्री संग छलफल

बिआरटीनेपाल २०८० जेठ १४ गते ६:०२ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १७ जेठदेखि हुने आफ्नो भारत भ्रमणका विषयमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विभिन्न दलका नेताहरुसँग छलफल गर्नुभएको छ । आइतबार सिंहदरबारमा गरेको छलफलमा उहाँले आफ्नो भ्रमणका क्रममा आर्थिक, व्यापारिक, ऊर्जा व्यापार र पारवहनलगायत द्विपक्षीय हितका विभिन्न विषयमा छलफल हुने जानकारी गराउनुभएको थियो ।त्यस क्रममा प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र दलका नेताहरुसँग सुझाव पनि लिनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विज्ञहरुले राष्ट्रको हितमा के गर्नुपर्छ भन्ने विषयमा सकारात्मक सुझाव दिएका बताएका छन् ।

‘विज्ञहरुको सुझाव लिने क्रम चलिरहेको छ । म जरुरी काम परेर हिँडेको छु, धेरैको सुझाव सुनेँ, अरुको सुझाव परराष्ट्रमन्त्रीहरुले लिँदै हुनुहुन्छ’, छलफबाट बाहिरिने क्रममा प्रधानमन्त्रीले भन्नुभयो । पूर्वपरराष्ट्रमन्त्री डा। नारायण खड्काका अनुसार भारत भ्रमणप्रति प्रधानमन्त्री धेरै आशावादी देखिनुभएको छ । ‘उहाँले धेरै विषयमा समझदारी हुने र केही सम्झौतामा हस्ताक्षर हुने पनि बताउनुभयो’ खड्काले भन्नुभयो ।

छलफलमा सहभागी नेताहरुले भने सीमाका विषयमा देखिएको विवाद समाधानका लागि प्रयास गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । त्यस्तै राष्ट्रिय हितलाई सर्वोपरी राखेर आत्मविश्वासका साथ भ्रमण पूरा गर्न सुझाव दिएको डा। खड्काले बताउनुभयो । ‘राट्रिय हितलाई सर्वोपरी ठानेर फुल आत्मविश्वासको साथ आफ्नो कुरा राख्नुपर्छ । संयुक्त वक्तव्य आएपछि विवाद आउने स्थिति आउन दिनुभएन’ उहाँले प्रधानमन्त्रीसँगको छलफलमा आफूले राखेको धारणाबारे भन्नुभयो । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले नेपालसँग भएको प्रमाणका आधारमा सीमा समस्याका बारेमा प्रष्ट धारणा राख्न सुझाव दिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू