अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१५ | Colorodo: 23:30

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रह गर्ने सरकारकाे निर्णय

बिआरटीनेपाल २०८० जेठ १२ गते ६:४४ मा प्रकाशित

सरकारले नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फेरि प्रमाणीकरणका लागि पठाउने निर्णय भएको एक मन्त्रीले बताएका छन् । यसअघि दुई पटक संसदबाट प्रमाणीकरणका लागि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ जाँदा रोन्नुभएको थियो । तर, यो प्रमाणिकरण गर्ने वा नगर्ने भन्ने विषयमा राष्ट्रपति पौडेलले केही समयदेखि कानुनी परामर्श गरिरहनुभएको छ ।

यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको बिषयमा पनि छलफल भएको ती मन्त्रीले जनाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू