अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२४ | Colorodo: 23:39

सरकारले ट्रेजरी बिल मार्फत ४ अर्ब आन्तरिक ऋण उठाउने

बिआरटीनेपाल २०८० जेठ १२ गते ४:५८ मा प्रकाशित

सरकारले ट्रेजरी बिल मार्फत ४ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने भएको छ । १४ जेठ आइतबार २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल हुने नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ । २५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । यस्तै राष्ट्र ऋण बोलकबोल तालिका अनुसार ९१ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत ४ अर्ब आन्तरिक ऋण उठाउन लागेको हो ।

आइतबार २८ दिन अवधिको ४ अर्ब, ९१ दिन अवधिको नयाँ ४ अर्ब र नवीकरणका लागि ३ अर्ब १३ करोडको ट्रेजरी बिल बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । यस्तै १८२ दिन अवधिको ६ अर्ब र ३६४ दिन अवधिको १२ अर्बको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।

८ जेठमा भएको बोलकबोलमा २८ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट ७.९१०२ प्रतिशत, ९१ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट ९.३२९९ प्रतिशत, १८२ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउनट रेट ९.३५५९ प्रतिशत र ३६४ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट ८.८०८२ प्रतिशत कायम भएको थियो ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू