अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१४ | Colorodo: 05:29

जापानमा दुई प्रहरीसहित तीन जनाको हत्या

बिआरटीनेपाल २०८० जेठ ११ गते ८:२१ मा प्रकाशित

जापानमा बिहीबार एक जना आक्रमणकारीले दुई प्रहरीसहित तीन जनाको हत्या गरेका छन्।जापानी सञ्चारमाध्यमहरूका अनुसार मध्य जापानको नागानोमा ती आक्रमणकारी विभिन्न व्यक्ति गोली हान्नेसँगै चक्कु घोप्ने गरेका थिए। प्रहरीका अनुसार आक्रमणमा परी एक जना घाइते भएका छन्।

ती पुरूष आक्रमणकारीले सैनिकको जस्तो लुगा लगाएको प्रहरीले जनाएको छ। प्रहरीले उनको खोजी सुरू गरिसकेको छ। घटना भएको नाकानो क्षेत्रमा मानिसहरूलाई अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन भनिएको छ। जापानमा सर्वसाधारणले बन्दुक राख्न निकै कडा कानुनी व्यवस्था भएकाले गोलीकाण्ड बिरलै हुने गरेका छन्। बिहीबारको घटनामा संलग्न व्यक्तिले किन आक्रमण गरेका हुन् भन्ने खुलिसकेको छैन।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू