अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२२ | Colorodo: 04:37

गण्डकी र बागमतीमा मध्यम वर्षा, ६ जिल्लाका तटीय क्षेत्रमा बाढी आउन सक्ने

बिआरटीनेपाल २०८० जेठ ११ गते ८:१८ मा प्रकाशित

जल तथा मौसम विज्ञान, विभाग अन्तर्गतको बाढी सूचना केन्द्रले तनहुँ, गोरखा, धादिङ, नुवाकोट, चितवन, मकवानपुरका तटीय क्षेत्रमा बाढी आउन सक्ने पूर्वानुमान गरेको छ।पछिल्लो तीन घण्टामा नवलपरासी, स्याङ्जा, कास्की, लमजुङ र आसपास केही स्थानमा मध्यम–भारी वर्षा भएकाले ती जिल्लाको तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको हो।

‘पछिल्लो ३ घण्टामा नवलपरासी, स्याङ्जा, कास्की, लमजुङ र आसपास केही स्थानमा मध्यम–भारी वर्षा भएको छ। अर्को ३ घण्टा तनहुँ, गोरखा, धादिङ, नुवाकोट, चितवन, मकवानपुरका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ। यी जिल्ला आसपासका खोलामा जलसतह केही बढ्न सक्ने, साना नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाइराखौं,’ बाढी सूचना केन्द्रले भनेको छ।

हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित वर्षा भैरहेको महाशाखाले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू