अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:११ | Colorodo: 12:26

३५ किलो चाँदीसहित तीन जना पक्राउ

बिआरटीनेपाल २०८० जेठ ११ गते ७:५८ मा प्रकाशित

प्रहरीले ३५ किलो चाँदीसहित ३ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१२ बस्ने २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दास रहेका छन्।प्रहरीले सुन चाँदीका गहना चोरीमा संलग्न गिरोहका तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। विराटनगर क्षेत्रमा श्रृंखलाबद्ध रुपमा चोरी कार्यमा संलग्न उनीहरुको साथबाट प्रहरीले ३५ किलो चाँदी, ८ ग्राम सुन, भारतीय रुपैयाँ २ हजार पाँच सय, नेपाली रुपैयाँ १ हजार ७३० र मोबाइल २ थान बरामद गरेको छ।

प्रकाउ परेका व्यक्तिहरुमध्ये विवेक कामत चोरी मुद्दामा २०७९ साउन २२ गते देखि ९ महिनाको सजाय भुक्तान गरेर गत वैशाख २८ गते छुटेका थिए भने श्रीकान्त दाससमेत डाँका चोरी मुद्दामा २०७७ पुस २९ गतेदेखि करिब २० महिनाको सजाय भुक्तान गरेर २०७९ असोज ३ गते छुटेका प्रहरीले जनाएको छ। उनीहरुले बाटोमा कसैले थाहा नपाउने गरी डुल्दै हिँड्ने, ताल्चा लगाएको घरलाई निशाना बनाउने गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू