अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३२ | Colorodo: 16:47

दक्षिण अफ्रिकामा हैजाबाट १७ जनाको मृत्यु

बिआरटीनेपाल २०८० जेठ ११ गते ७:३३ मा प्रकाशित

दक्षिण अफ्रिकामा हैजाका कारण १७ जनाको मृत्यु भएको छ ।राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्याम्न्सक्रालमा फैलिएको हैजाबाट १७ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ ।अहिलेसम्म २९ जनामा हैजाका जिवाणु भेटिएको छ भने १७ जनाले ज्यान गुमाएको विभागले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

दक्षिण अफ्रिकामा गत फेब्रअरीमा २ जनामा हैजा फेला परेको थियो भने हैजाकै कारण १ जनाको मृत्यु भएको थियो । ३ महिनाको अवधिमा सो क्षेत्रमा २९ जनामा हैजाको जिवाणु भेटिएको हो । स्थानीय सरकारले हैजा नियन्त्रणका लागि सर्तकता अपनाउन अपील गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू