अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२४ | Colorodo: 16:39

अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपालका दिवश श्रेष्ठले जिते स्वर्ण

बिआरटीनेपाल २०८० जेठ १० गते ६:४४ मा प्रकाशित

अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा नेपालका दिवश श्रेष्ठले स्वर्ण पदक जित्नुभएको छ । उहाँले ८४ केजीमाथिको तौल समूहमा नेपाललाई स्वर्ण दिलाउनुभएको हो । दिवसले फाइनलमा न्यु क्यालेडोनियाका फ्लोरेन्टलाई हराउँदै स्वर्ण जित्नुभयो। दिवसले घरेलु भूमीमा यसअघि सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत जित्नुभएको थियो ।

यस्तै नेपालले थप चार कास्य पदक जितेको छ। ६७ केजीमुनिको तौल समूहमा नवीन रसाईली र राजीव पुडासैनीले कास्य जित्नुभयो। नवीन १३औं सागका स्वर्ण पदक विजेता र राजीव सागका कांस्य पदक विजेता खेलाडी हुनुहुन्छ ।

६० केजीमुनिको तौल समूहमा मनिस थापा क्षेत्रीले कास्य जित्नुभएको छ । महिलातर्फ ५५ केजीमुनिको तौल समूहमा मलिका थापा क्षेत्रीले कास्य जित्नुभयो । शेखर श्रेष्ठ क्वार्टरफाइनलमा अस्ट्रेलियन खेलाडीसँग पराजित हुनुभयो। सुशील पौडेल भने स्वास्थ्य समस्याका कारण खेलमा उपस्थित हुन नसकेको १३औं सागका दोहोरो स्वर्णधारी विजेता तथा प्रशिक्षक मन्डेकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया