अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१८ | Colorodo: 17:33

निगमको जहाजले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा पायो उडानको समय

बिआरटीनेपाल २०८० जेठ १० गते ४:५५ मा प्रकाशित

नेपाल वायुसेवा निगमको जहाजले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ ।सिड्नी विमानस्थलले निगमलाई सातामा २ उडानका लागि अनुमति र स्लट दिएको हो । विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको नेपाल वायुसेवा निगमले जनाएको छ । विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियन नागरिक उड्डयनसँग उडानका लागि सबै विवरण बुझाएको छ ।

निगमले काठमाडौंबाट सिंगापुरमा ट्रान्जिट गर्दै अष्ट्रेलियाको सिड्नी उडान गर्न लागेको हो । यसका लागि निगमले हाल जिएसए (जनरल सेल्स एजेन्ट) छनोट लगायत प्रक्रिया अगाडी बढाएको छ । निगमले वाइडबडीबाट अष्ट्रेलियाको सिड्नी उडानको तयारी थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू