अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०१ | Colorodo: 03:16

अभ्यास गरौँ त !

शीतल निश्चल २०८० जेठ ९ गते १२:५२ मा प्रकाशित

आज हामीसँगै जाऊँ
चियाको चुस्कीमा
केही त छुटेको छ
हाम्रो कहानी……!
अभ्यास गरौँ त !!

यहाँ…..!
काफी हुन्छ काफी
अहिलेसम्मको अनुभव
गीत, सङ्गीत र कविता
आज मनमा जाऊँ
मनसगँ मन जोड्नलाई
अभ्यास गरौँ त !!

मन अहिलेदेखि
मायाँको स्कुलमा
अभ्यास बिना नै बसेको
सही हो
एक मुटुबाट
हामी अर्को मुटुलाई
आज राहत दिऊँ
अभ्यास गरौँ त !!

हरायो
सुटुक्क बसेको आवाज
नि: शब्द छ यो मन
आउनुहोस् आज उनीहरूको
मौनताको धुन सुनौँ
यी मौन आवाजहरूलाई
एकपटक घोटेर हेरौँ
अभ्यास गरौँ त !!

काफी भयो लुकामारी
आज पनि आँखा झिक्काउने भयो
मनदेखि थाकेको उही खेलमा
हरेक पटक
पटक, पटक खेलेको
उही खेलमा
आज केही नयाँ खेल खेलियो
हामी खोजीमा छौँ
अभ्यास गरौँ त !!

अभ्यासमा केही त…..!
महत्वपूर्ण क्षणहरूबाट
प्रेम फूलको सुगन्ध
गन्धको साथ गन्ध लिँदै
यी नाजुक पलहरूलाई
च‌‌ञ्चलताको जिब्रो देऊ
अभ्यास गरौँ त !!

लप्सीबोट, गोरखा