अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै नर्सहरुको धर्ना

बिआरटीनेपाल २०८० जेठ ९ गते ५:४८ मा प्रकाशित

अस्पतालहरुमा कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै नर्सहरुले धर्ना दिएका छन्। काठमाडौँको माइतीघर मण्डलामा विभिन्न अस्पतालहरुमा कार्यरत नर्सहरुले अस्पतालमा गर्नुपर्ने कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै सोमबारदेखि शान्तिपूर्ण धर्नामा बसेका हुन्। आज पनि धर्ना कार्यक्रमलाई जारी राखेका हुन्।

उनीहरुले न्यून तलबमा क्षमताभन्दा पनि बढी बिमारीहरुको हेरचाह गर्दासमेत कामको मूल्याङ्कन गर्नुपर्ने माग राखेका छन्। धर्नामा सहभागी नर्स दीपा गिरीले सरकारले नर्सहरुको कार्यभार कम गरी कामको निश्चित सीमा कायम गर्नु पर्ने प्रमुख माग रहेको बताउनुभयो । उहाँले न्यून तलबमा क्षमताभन्दा बढी बिरामीको हेरचाह गरे पनि कामको मूल्याङ्कन हुन छोडेको बताउनुभयो ।

पछिल्लो समय नर्सहरु सुरक्षित रुपमा काम गर्ने वातावरण नभएको भन्दै सामाजिक सञ्जालमा नर्सहरुमाथि हुने टिकाटिप्पणी रोकिनुपर्ने धर्नाका सहभागीहरुको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू