अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३४ | Colorodo: 23:49

बजेटपूर्वको छलफल कर्मकाण्डी भयो : अध्यक्ष तिमिल्सिना

बिआरटीनेपाल २०८० जेठ ९ गते ४:५३ मा प्रकाशित

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ऐन, कानूनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनुभएको छ ।मंगलबार काठमाडौंमा स्पिकर फोरम र एमसिडिएफको संयुक्त आयोजनामा भएको जलवायु परिवर्तनसम्बन्धी नीतिगत वहसलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले नीति बन्ने तर कार्यान्वयन नहुने कारणले आवश्यक ऐन बनाउने सवालमा पनि समस्या उत्पन्न भएको बताउनुभएको हो ।

उहाँले सरकारको नीति तथा कार्यक्रम माथि संघीय संसदमा हुने छलफल पनि कर्मकाण्डी बनेको टिप्पणी गर्नुभयो । उहाँले बजेट लेखिसकेपछि प्रि बजेटका नाममा हुने छलफलको कुनै औचित्य नरहेको र त्यसले मुलुकको समस्या समाधान पनि गर्न नसक्ने दाबी गर्नुभयो । अध्यक्ष तिमिल्सिना वातावरण संरक्षण गर्दे दिगो विकास लक्ष्य हासिलका लागि विद्युतीय सवारीमा विशेष छुटको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू