अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१४ | Colorodo: 08:29

चीनले गरिरहेको सैन्य गतिविधिमा जी–सेभेनको चासो : चीनको असन्तुष्टि

बिआरटीनेपाल २०८० जेठ ७ गते ४:५३ मा प्रकाशित

आर्थिक रूपमा सम्पन्न विश्वका सात प्रमुख देशहरुको समूह जी–सेभेनका नेताहरूले एशिया–प्रशान्त क्षेत्रमा चीनले गरिरहेको सैन्य गतिविधिलाई लिएर चासो व्यक्त गरेका छन् ।जापानको हिरोसिमामा भएको शिखर सम्मेलनले जारी गरेको विज्ञप्तिमा चीनको आर्थिक र सैन्य गतिविधिबारे चिन्ता व्यक्त गरिएको छ ।साथै जी–सेभेन देशका नेताहरुले चीनसँग ‘स्थिर र रचनात्मक’ सम्बन्ध रहनुपर्नेमा जोड दिएका छन् ।

चीनलाई हस्तक्षेपकारी गतिविधि नगर्न तथा तिब्बत र सिन्जियाङको सुदूर पश्चिमी क्षेत्रमा कथित मानवअधिकार उल्लङ्घनबारे चिन्ता व्यक्त गरिएको छ ।सम्मेलनमा आर्थिक लचिलोपनका लागि जोखिम कम गर्न र महत्वपूर्ण आपूर्ति शृङ्खलामा अत्याधिक निर्भरता कम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

यसैबीच चीनले जी–सेभेन समूहको विज्ञप्तिप्रति असन्तुष्टि व्यक्त गरेको छ ।चीनको विदेश मन्त्रालयले हिजो बेलुका एक वक्तव्यमार्फत् जी–सेभेनको चीनप्रतिको दृष्टिकोणमा कुनै अन्तर्राष्ट्रिय विश्वसनीयता नभएको टिप्पणी गरिएको समाचार संस्था एएफपीले जनाएको छ । जी–सेभेन समूहमा सात प्रमुख विकसित देश क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिका रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू