अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५५ | Colorodo: 00:10

मध्य अमेरिकी राज्य एल–साल्भाडोरमा भागदौड मच्चिँदा ९ जनाको ज्यान गयो

बिआरटीनेपाल २०८० जेठ ७ गते ४:४७ मा प्रकाशित

मध्य अमेरिकी राज्य एल साल्भाडोरमा भागदौड मच्चिँदा ९ जनाको ज्यान गएको छ । कैयौँ घाइते भएका छन् ।फुटबल खेलका क्रममा कुस्काटलान रङ्गशालामा मच्चिएको भागदौडमा सात जना पुरुष र दुई जना महिलाको ज्यान गएको बीबीसीले जनाएको छ ।प्रहरीका अनुसार कुस्काटलान रङ्गशालामा अलियान्जा र एफएएस फुटबल टीमबीचको खेल हेर्न हजारौँ समर्थक पुगेका थिए ।

खेल हेर्न समर्थकहरु प्रवेश गरिरहेका बेला भागदौड मच्चिएको स्थानीय प्रहरीले बताएका छन् । प्रहरीका अनुसार भागदौडमा घाइते भएकालाई आपत्कालीन टोली परिचालन गरेर अस्पताल पुर्‍याइएको छ । अलियान्जा र एफएएस एल साल्भाडोरका लोकप्रिय फुटबल टीम हुन् । भागदौड मच्चिनुको कारण खुल्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू