अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१६ | Colorodo: 19:31

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

बिआरटीनेपाल २०८० जेठ ७ गते ४:२२ मा प्रकाशित

बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।आइतबार नेपाली कांग्रेसबाट ४ र नेकपा एकीकृत समाजवादीबाट दुई जना मन्त्री नियुक्त भएसँगै बागमती मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ ।मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४ जना र एकीकृत समाजवादीका २ जना मन्त्री सहभागी छन् । मन्त्रालय संख्या ११ मात्र रहेकाले कांग्रेसका रामकृष्ण चित्रकारको मन्त्रालय तोकिएको छैन । कांग्रेस र माओवादीको भागमा परेको एक मन्त्रालय फुटाउने विषयमा छलफल भएपनि टुंगो लागेको छैन् ।

आगामी बजेटपछि मात्र यो विषयमा छलफल हुने बताइएको छ । प्रदेशले असार १ गते बजेट ल्याउने चलन छ । बागमती मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट संसदीय दलको नेता बहादुर सिंह लामा आर्थिक मामिला तथा योजना मन्त्री छन् । तीर्थ लामा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री छन् ।त्यस्तै आज मसिना खड्का भण्डारी वन तथा वतावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी,उत्तम जोशी स्वास्थ्य मन्त्री बन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू