अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

सुनचाँदीको भाउ बढ्यो

बिआरटीनेपाल २०८० जेठ ७ गते ४:२० मा प्रकाशित

हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ८ सय रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा एक लाख १० हजार रुपैयाँ पुगेको छ  ।

सुन अस्ति तोलाको एक लाख ९ हजार दुई सय रुपैयाँ थियो । शनिवार सार्वजनिक बिदा भएकाले भाउ तोकिँदैन । यस्तै, दुई दिनसम्म स्थिर रहेको चाँदीको भाउ आज भने बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू