अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१७ | Colorodo: 18:32

महिला भलिबल प्रतियोगितामा सहभागिता जनाउन बंगलादेशको टोली नेपालमा

बिआरटीनेपाल २०८० जेठ ६ गते ८:०९ मा प्रकाशित

एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सहभागिता जनाउन बंगलादेशको टोली नेपाल आईपुगेको छ ।प्रतियोगितामा सहभागिता जनाउन बंगलादेशको टोली शनिबार दिउँसो नेपाल आईपुगेको हो । यसअघि काजाकिस्तानको टोली नेपाल आईसकेको छ । टोलीलाई नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठसँगै संघका सदस्यहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

एनएससी काभा महिला भलिबल च्यालेन्ज कप ८ देखि १४ जेठसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुँदैछ । च्यालेन्ज कपमा ८ राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । आयोजक तथा घरेलु टोली नेपालले जेठ ८ मा कीर्गिस्तानसँग खेल्दै च्यालेन्ज कपको सुरुवात गर्नेछ ।

नेपालले जेठ ९ गते बंगलादेशसँग र जेठ १० गते भारतसँग खेल्नेछ । समूह एमा नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान रहेको छ । अर्को समूहमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका छन् । प्रतियोगिताका लागि अन्य टोली भोलि बेलुकासम्म आइपुग्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू