अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५८ | Colorodo: 19:13

कम्युनिष्ट पार्टीहरु भ्रष्टीकरणमा फसिसकेका बाबुरामको टिप्पणी

बिआरटीनेपाल २०८० जेठ ६ गते ७:५३ मा प्रकाशित

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कम्युनिष्ट पार्टीहरु भ्रष्टीकरणमा फसिसकेको आरोप लगाउनु भएको छ ।शनिबार समाजवादी पार्टी जिल्ला समन्वय समिति ललितपुरले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा उहाँले आफूलाई कम्युनिष्ट भन्ने एमाले, माओवादीमा राज्यसंयन्त्र कब्जा गर्ने र पुरै भ्रष्टीकरण भएर जाने खतरा देखिएको आरोप लगाउनुभयो । त्यस्तै उहाँले कांग्रेस पुरानो विचार लिएर दिशाहीन रुपमा रुमलिएको उल्लेख गर्नुभयो । उहाँले धेरैथरीको खिचडी जस्तो पार्टी भएकाले कांग्रेस, एमाले र माओवादीले देशको समस्या समाधान गर्न नसक्ने जिकिर गर्नुभयो ।

भट्टराईले राप्रपालाई राजतन्त्रको भूतको संज्ञा दिँदै त्यसबाट तर्सनुपर्ने अवस्था नरहेको बताउनु भयो । उहाँले अहिले आएका नयाँ पार्टीहरूलाई अहिले नै खराब भन्ने स्थिति नभए पनि उनीहरूमा कुनै विचार, योजना तथा नीति नै नरहेको टिप्पणी गर्नुभयो । उनले एउटै चिह्नबाट चुनाव लडेकाले आफ्नो पार्टी र माओवादीको एउटै संसदीय दल भएपनि माओवादीसँग कुनै एकता नभएको स्पष्ट पार्नुभयो । उहाँले यही जेठ २५ र २६ गते पार्टीको केन्द्रीय समिति बैठक बस्ने र अहिलेसम्मको समीक्षाका साथ भावी योजना तयार गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू