अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

कांग्रेसमा परिवर्तन आउने शशांकको दाबी

बिआरटीनेपाल २०८० जेठ ६ गते ६:०३ मा प्रकाशित

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले अब कांग्रेसमा परिवर्तन आउने बताउनुभएको छ ।शनिबार नवलपुरको देवचुलीमा ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशको दोस्रो अधिवेशन कार्यक्रम उद्घाट गर्दै. कोइरालाले पार्टीले इतिहास बनाउनतर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले अब कांग्रेसको आउँदो अधिवेशनमा कांग्रेस फरक ढंगबाट अघि बढ्ने पनि उद्यदेख गर्नुभयो । आफ्नो लक्ष्य मन्त्री वा उच्चस्त पदमा जाने नभएको भन्दै उहाँले अब कांग्रेसलाई बलियो र परिवर्तन कसरी गर्ने भन्ने पक्षमा आफू रहेको बताउनुभयो ।

कांग्रेस बचाउन आजको प्रमुख आवस्यकता भनेको इतिहास स्मरण गर्नु र विपीको इतिहासलाई पछ्याउनु रहेको उहाँको भनाइ छ । नेता कोइरालाले कांग्रेस कमजोर पार्टी नरहेको बताउँदै पार्टी बचाउन आफूले कांग्रेसमा परिवर्तन कुनै हालतमा ल्याएर छाड्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू