अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

‘मधेस प्रदेशमा मुख्यमन्त्री आलोपालो’ गर्ने सत्तारुढ दलको निर्णय

बिआरटीनेपाल २०८० जेठ ५ गते ५:०३ मा प्रकाशित

सत्तारुढ दलका शीर्ष नेताहरुबीच मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि आलोपालो गर्ने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सत्तारूढ दलका शीर्ष नेताहरूको बैठकले मधेस प्रदेशमा आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय गरेको हो।

बैठकमा मधेस प्रदेशका नेताहरू पनि सहभागी थिए। बालुवाटारको सहमतिसँगै अब नेपाली कांग्रेस, लोसपा र नेकपा ९एकीकृत समाजवादी० समेत सरकारमा सहभागी हुनेछन्। नेताहरुबीच जनमत पार्टीलाई पनि सरकारमै राख्ने सहमति भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू