अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४७ | Colorodo: 02:02

इटालीमा बाढीबाट दर्जन बढीको मृत्यु

बिआरटीनेपाल २०८० जेठ ५ गते ४:५७ मा प्रकाशित

इटालीमा बाढीबाट एक दर्जन बढीको मृत्यु भएको छ ।इटालीका २० वटा भन्दा बढी नदीमा एकै पटक आएको बाढीमा परी अहिलेसम्म १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । ६ महिनामा पर्ने पानी डेढ दिनमा परेपछि देशका लगभग सबै नदीका किनार विष्फोट भएको हो ।

अन्तर्राष्ट्रिय बाढीबाट हज्जारौं मानिस विस्थापित भएका छन् । राभेन्ना शहर बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ । बाढीले ल्याएको लेदो माटोले वस्ती नै भरिभराउ भएको स्थानीय अधिकारीहरुले बताएका छन् । बाढीबाट सडक, सार्वजनिक स्थल र निजी घरहरु समेत क्षतविक्षत भएका छन् ।

बाढी प्रभावित क्षेत्रका वासिन्दाले अहिलेसम्म यस्तो वितण्डा कहिल्यै नदेखेको बताएका छन् । बाढीमा फसेकाहरुको उद्धार र पुनस्थापनाका लागि ठूलो संख्यामा आपत्कालिन फौज परिचालन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू