अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

उपल्लो मुस्ताङमा तिजी पर्व मनाइयो

बिआरटीनेपाल २०८० जेठ ५ गते ४:४९ मा प्रकाशित

उपल्लो मुस्ताङमा सांस्कृतिक महत्वको तिजी पर्व मनाइएको छ ।चीनसँग सीमाना जोडिएको लोमान्थाङ गाउँपालिकाको केन्द्र लोमान्थाङमा तीजी पर्व मनाइएको हो ।

पन्ध्रौं शताब्दीदेखि उपल्लो मुस्ताङका लोवा, विष्ट, गुरुङ लगायतका जातिले तिजी पर्व मनाउँदै आएका छन् ।घमी, चराङ, सुरखाङ, लोमान्थाङ, छोसेर र छोन्हुपका स्थानिय साँस्कृतिक भेषभूषामा एक ठाउँमा भेला भई पुजापाठ र नाचगान गर्दै यो पर्व मनाउने गर्दछन् ।

यस पर्वमा शुभकामना साटासाट गर्दै विश्व शान्तिको कामना पनि गरिन्छ । मुस्ताङी राजाको लोमान्थाङ दरबार अगाडिको प्रांगणमा छोदे गुम्बाका लामा तथा भिक्षुले देवीदेवताको पूजापाठ र धार्मिक नृत्य प्रस्तुत गरेका थिए । स्थानिय भेषभूषा, साँस्कृतिक झाँकी, लामा नाच र मुकुट नाच, यस पर्वको मुख्य आकर्षण हुन् । लोमान्थाङको प्रमुख पर्व तिजी तीन दिनसम्म मनाइएकाे थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू