अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२४ | Colorodo: 22:39

संसदमा भोलि (बिहीबार) प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर हुने

बिआरटीनेपाल २०८० जेठ ३ गते ८:१० मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल र सांसदहरुबीच बिहीबार प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ । बिहीबार बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदबीचको प्रत्यक्ष प्रश्नोत्तर हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने उल्लेख गरिएको छ ।

साथै सोही बैठकमा प्रधानमन्त्री प्रचण्डले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७८र०७९ को वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू