अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 20:23

पाकिस्तानको कोइला खानीमा झडप हुँदा १६ जनाको मृत्यु

बिआरटीनेपाल २०८० जेठ ३ गते ७:५७ मा प्रकाशित

पाकिस्तानको कोहट सहरमा कोइला खानी विवादमा दुई आदिवासी समुदायबीच झडप हुँदा १६ जनाको ज्यान गएको छ ।कोहटमा रहेको कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा उनीहरुको ज्यान गएको कोहट प्रहरीले जनाएको हाे । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार खानीको सीमांकनका बारेमा आदिवासी जनजाती समूहबीच झडप भएकाे बताइएको छ ।

बुलन्दरी पहाडको सीमांकनलाई लिएर सुनिखेल र अखोरवाल जातिबीच लामो समयदेखि विवाद भइरहेको थियो । दुवै पक्षले आफ्नो अडान नछाडेपछि घटना भएको स्थानीय प्रहरीले जनाएको छ । झडपबारे जानकारी पाउने बित्तिकै सुरक्षाकर्मी घटनास्थल पुगेर स्थितिलाई नियन्त्रणमा लिइएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू