अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०७ | Colorodo: 12:22

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

बिआरटीनेपाल २०८० जेठ ३ गते ७:४० मा प्रकाशित

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २३ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ४५ दशमलव ०१ अङ्कमा कायम भएको हो ।बुधबार दुई सय ६६ वटा कम्पनीको २५ लाख ७७ हजार दुई सय १० कित्ता शेयर २५ हजार छ सय ३५ पटक खरिदबिक्री हुँदा ८५ करोड ७६ लाख २४ हजार तीन सय १८ बराबरको कारोबार भएको छ । बुधबार सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक एक सय ७१ दशमलव २३ र जीवन बीमा समूह ९३ दशमलव ३७ अंकले बढेको छ ।बैंकिङ समूह आठ दशमलव ६५, विकास बैंक ५४ दशमलव ९३, वित्त ३४ दशमलव ५६, होटल तथा पर्यटन समूह २० दशमलव ०२ र जलविद्युत् ४९ दशमलव २८ अंकले बढेको छ। लगानी समूह शून्य दशमलव ७०, उत्पादन तथा प्रशोधन ३७ दशमलव ८२, लघुवित्त ३१ दशमलव १८, म्युचुअल फन्ड शून्य दशमलव ०१, व्यापार १३ दशमलव १३ र अन्य समूह ३० दशमलव ८२ अंकले बढेको छ ।

प्रतिक्रिया