अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

नयाँ योजनाहरु थप गर्ने अवस्था छैन : मन्त्री ज्वाला

बिआरटीनेपाल २०८० जेठ ३ गते ७:२६ मा प्रकाशित

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आफू नयाँ योजनाहरु थप गर्ने पक्षमा नरहेको बताउनुभएको छ ।आफ्नो मन्त्रालयको आगामी आर्थिक वर्षको बजेटको सिलिङ ५५ अर्ब घटेकाले नयाँ योजनाहरु थप गरेर अघि बढन सकिने अवस्था समेत नरहेको उहाँको प्रष्टिकरण थियो । बुधबार अपरान्ह सिंहदरबारस्थित आफ्नै कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम गरी उहाँले मुलुक आर्थिक रुपमा संकटमा भएकाले पनि नयाँ योजनाहरु थप गर्न नसकिने तर्क समेत गर्नुभयो ।

आगामी आर्थिक वर्षमा नयाँ योजनामा नजाने तर पुरानै योजनालाई राम्रोसँग सम्पन्न गर्ने आफूहरुको नीति रहेको मन्त्री ज्वालाको भनाई थियो । उहाँले योजना तय गर्ने विषयमा मन्त्री तथा सांसदहरुको दवावमा आफू नपर्ने पनि बताउनुभयो ।त्यस अवसरमा मन्त्री ज्वालाले गलत काम गर्ने कर्मचारीहरुलाई आफूले नछोडने चेतावनी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू